Kathmandu Press

बढ्दै काेराेना संक्रमण, ८९५ संक्रमित थपिँदा १ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा ३ हजार ६५८ पसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
बढ्दै काेराेना संक्रमण, ८९५ संक्रमित थपिँदा १ जनाकाे मृत्यु

काठमाडौं, साउन १६ : नेपालमा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ६५८ पसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार सोही अवधिमा २६४ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ रहेको छ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ६८ पुगेको छ । होम आइसोलेशनमा चार हजार सात सय ९२, संस्थागत आइसोलेसन एक सय ४२ र आइसियू ३६ र भेन्टिलेटरमा पाँच जना सङ्क्रमित रहेका छन् । 

हाल देशभरमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौं र ललितपुर रहेका छन्।

दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा कास्की रहेको छ। शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन्।

प्रकाशित मिति: १६:०६ बजे, सोमबार, साउन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्