Kathmandu Press

एमालेको जनप्रदर्शन सुरु

काठमाडाैं, साउन १६ : प्रमुख प्रतिपक्षी एमालेले जनसरोकारका विषयमा आज काठमाडौँमा आयोजना  गरेको बृहत् जनप्रदर्शन कार्यक्रम सुरु भएको छ।मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको...
एमालेको जनप्रदर्शन सुरु

काठमाडाैं, साउन १६ : प्रमुख प्रतिपक्षी एमालेले जनसरोकारका विषयमा आज काठमाडौँमा आयोजना  गरेको बृहत् जनप्रदर्शन कार्यक्रम सुरु भएको छ।

मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्‍याली सुरु भएको हो।

जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुुँदै शान्तिवाटिकामा पुगेर समापनसभामा परिणत हुनेछ। 

जनप्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका भूगोलका तीन जिल्ला, उपत्यका विशेष प्रदेश र त्यसअन्तर्गतका चार जिल्ला, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता रहने छ । 

प्रकाशित मिति: १४:०८ बजे, सोमबार, साउन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्