Kathmandu Press

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना घरभित्रै मृत भेटिए

चारैजनाको शव घरभित्रै फेला पारेको प्रहरीको भनाइ छ। घरभित्र धारिलो चक्कु भेटिएको पनि प्रहरीले जानकारी दिएको छ। 
काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना घरभित्रै मृत भेटिए

काठमाडौं, साउन १६ : काठमाडौंको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिएका छन्।

प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनाली नेतृत्वको टोलीले घटनास्थल सुरक्षित गरिसकेको छ। यसैगरी अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेको जनाइएको छ। प्रहरी वृत्त बालाजुकाे टाेली पनि त्यहाँ पुगेकाे छ। 

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको छ।

चारैजनाको शव घरभित्रै फेला पारेको प्रहरीको भनाइ छ। घरभित्र धारिलो चक्कु भेटिएको पनि प्रहरीले जानकारी दिएको छ। प्रहरीले घरको ढोका फोडेर शव बाहिर निकालेको जनाइएकाे छ।

प्रहरीका अनुसार मृतक पतिपत्नी र छोराछोरी भएको खुलेको छ। उनीहरुको हत्या भएको हुन सक्ने आशंका गरिएको छ।

मृतकमध्ये पति गोरखाका दिनेश पाण्डे, पत्नी सुनिता काप्री पाण्डे, छोरा आसिक र छोरी आसिका रहेको प्रहरीको भनाइ छ। दिनेशको शव एउटा कोठामा र सुनितासहित छोराछोरीको शव अर्को कोठामा भेटिएको प्रहरीको भनाइ छ। तार्केश्वरका मेयर कृष्णहरि महर्जनले घटनास्थल अत्यन्त बीभत्स रहेको बताए।   

घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: १३:५० बजे, सोमबार, साउन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्