Kathmandu Press

नक्कली नागरिकता प्रकरण : छानबिन सुरु

वीरगञ्ज, साउन १६ : नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन...
नक्कली नागरिकता प्रकरण : छानबिन सुरु

वीरगञ्ज, साउन १६ : नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन  थालिएको  छ। 

वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट  भारतको दार्जिलिङ्गी निवासी २१ वर्षीय राजनी राईले गत साउन ३१ गते बाराको निजगढ नगरपालिका–१२ रामथली बसोबास देखाइ रजनी गोले नामबाट  ३३/०२/०७९/००५१३ नम्बरको नागरिकता लिएको देखिएको छ।  

सो घटनाबारे  छानबिन थालिएको छ। उक्त नागरिकता बदर गर्ने प्रक्रिया अघि बढाइने र सो कार्यमा संलग्न दोषीलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने इलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिनुभयो। 

राईको जन्म मिति २०५८/११/१५ गते दर्ता रहेको वडा कार्यालयको रेकर्डबाट देखिएको छ। यो जन्मदर्ता २०७९/०२/२३ गते वडा कार्यालयबाट बनाइएको हो। कीर्ते जालसाजी गरी  अभिभावकमा बुबाको नाम श्यामराज गोले र आमाको नाम जीरामाया गोले बनाएर नेपाली नागरिकता लिएको पाइएको छ।  झुटो विवरण पेस गरेर भारतीय नागरिक राईलाई नेपाली नागरिकता लिएको घटना खुलेपछि निजगढ–१२ कार्यालयले सो नागरिकता बदरका लागि प्रक्रिया अघि बढाउन इलाका प्रशासन कार्यालय सिमरामा पत्राचार गरिसकेको छ। 

रजनी गोले भन्ने रजनी राईको भारतीय आधार कार्डमा  ३७७९५६५०३५६६ नं लेखिएको छ भने भारतीय निर्वाचन आयोग परिचयपत्रमा टिक्युजी २०७६९२५ लेखिएको प्रमाण फेला परेको छ। उक्त परिचयपत्रमा निजको नाम रजनी राई, बुबाको नाम किशोर राई जन्म तारिख १९८९/०३/२४ रहेको छ। त्यसैगरी उनको भारतीय आधार कार्डमा रजनी राई (सिङ्गर) र पति छेडुप सिङ्गरसमेत लेखिएको छ।

प्रकाशित मिति: १३:३४ बजे, सोमबार, साउन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्