कर्मचारीले घेरे सामान्य प्रशासन मन्त्रालय
काठमाडाैं, साउन १६ : सरकारी कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन्। प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन...
काठमाडाैं, साउन १६ : सरकारी कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन्। प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन गर्नुपर्ने माग गर्दै कर्माचारीहरुले मन्त्रालय घेराउ गरेका हुन्।
राजपत्र अनंकित कर्मचारीहरूले उठाउँदै आएका सेवाको सुरक्षा, पेशागत हित र वृत्ति विकासका विषयलाई नजरअन्दाज गरिएकोले सरकारको ध्यानाकर्षण गर्न कार्यक्रम राखिएको बताइएको छ।
संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था राखिनुपर्ने, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० प्रतिशत तथा बढुवा ३० प्रतिशत र आन्तरिकरअन्तरतह प्रतिस्पर्धा २० प्रतिशत कायम गरिनुपर्ने मागर्दै कर्मचारीहरू आन्दोलित छन्।
प्रकाशित मिति: ११:१८ बजे, सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











