श्रममन्त्री कुँवर भन्छन्– वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउँछु
काठमडौं, साउन १६ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने बताएका छन्।निगरानी दैनिक मिडिया...
काठमडौं, साउन १६ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने बताएका छन्।
निगरानी दैनिक मिडिया प्रालिले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको ‘वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरू’ विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारका क्षेत्रमा रहेका समस्यालाई सम्बोधन गरिने बताए।
श्रममन्त्री कुँवरले यो क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग सहकार्य गरेर अगाडि बढ्ने बताए। उनले सामाजिक सुरक्षा कोष र एनआरएनएबीच भएको दुईपक्षीय समझदारी महत्वपूर्ण र उपलब्धिमूलक हुने उल्लेख गरे।
यस्तै, कार्यक्रममा एनआरएनएका अध्यक्ष कुल आचार्यले संसदबाट पारित भएको नागरिकता विधेयक राष्ट्रको हितका भएको र यसले एनआरएनएलाई थप उत्साह थपेको बताए।
ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन उद्योगमा रहेका पर्यटन श्रमिकको योगदान उच्च रहेकाले पर्यटन श्रमिकको समस्या समाधानका लागि सरकारले सहयोग गर्न आग्रह गरे।











