पोखराका सय घर डुबानमा
कास्की, साउन १६ : आइतबार साँझको अविलर वर्षाका पोखराका केही स्थान डुबानमा परेको छ। निरन्तर भइरहेको वर्षाका कारण पोखरा महानगरपालिका–१३ कमलपोखरी क्षेत्रका एक...
कास्की, साउन १६ : आइतबार साँझको अविलर वर्षाका पोखराका केही स्थान डुबानमा परेको छ। निरन्तर भइरहेको वर्षाका कारण पोखरा महानगरपालिका–१३ कमलपोखरी क्षेत्रका एक सय घर डुबानमा परेको छ।
वडाध्यक्षका किरण बरालका अनुसार आइतबार रातिदेखि नै डुबानमा परेको सो क्षेत्रमा कुनै मानवीय क्षति भएको छैन।
दुई कुलो मुहान आइतबार नै थुनिएको र नहरको मुहान बन्द गरे पनि काहुँखोलाको बाढीका कारण कमलपोखरी क्षेत्र डुबानमा परेको वडाध्यक्ष बरालले बताए।
कमलपाेखरी हरेक वर्ष डुबानमा पर्ने क्षेत्र हाे। पछिल्लो २४ घन्टामा पोखरामा २५० मिलिलिटर पानी परेको छ ।
प्रकाशित मिति: १०:३० बजे, सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











