Kathmandu Press

कस्तो छ आगामी तीन दिनको देशभरको मौसम?

काठमाडौं, साउन १६ : मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको...
कस्तो छ आगामी तीन दिनको देशभरको मौसम?

काठमाडौं, साउन १६ : मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ। जसले गर्दा हाल देशका प्रदेश १, बागमती, गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

भोलि दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको प्रक्षेपण छ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०८:११ बजे, सोमबार, साउन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्