पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक सञ्चालन
चितवन, साउन १६ : पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा...
चितवन, साउन १६ : पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।
सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो।
दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले बताए।
गएराति पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। प्रहरीले टोली बिहानैदेखि पहिरो पन्छाउन खटिएको थियो।
पानी परिरहेका कारण फेरि पनि पहिरो जान सक्ने भएकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
प्रकाशित मिति: ०७:४४ बजे, सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











