पोखरामा पहिरोले घर पुरिँदा एकको मृत्यु
पोखरा, साउन १६ : कास्कीको पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।गएराति...
पोखरा, साउन १६ : कास्कीको पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
गएराति माथिबाट आएको पहिरोले घर पुरिँदा सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार पहिरोमा सुनिता सुनार र सिमन सुनार घाइते भएका छन्।
घाइतेहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुन्दर तिवारीले बताए।
प्रकाशित मिति: ०७:०३ बजे, सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











