पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
चितवन, साउन १६ : पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खसेको छ।...
चितवन, साउन १६ : पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खसेको छ। पहिरोले गर्दा सडक अवरुद्ध भएको हो।
अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले बताए। पानी परिरहेकाले पहिरो पन्छाउन सकस भइरहेको उनको भनाइ छ।
पहिरोले सडक अवरुद्ध भएपछि यात्रु र सवारी साधन बाटोमै रोकिएका छन्। दुवै तर्फ सवारी साधनको लाइन लागेको छ।
वर्षात शुरु भएसँगै यो सडक पहिरोले अवरुद्ध हुँदै आएको छ। दैनिकजसो सानोठूलो पहिरोले सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नु परिरहेको छ।
प्रकाशित मिति: ०६:४६ बजे, सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











