Kathmandu Press

यू–२० साफ च्याम्पियनसिप : भारतसँग नेपालको लज्जास्पद हार

काठमाडाैं, साउन १५ : यू–२० साफ च्याम्पियनसिपमा नेपालले लज्जास्पद हार बेहोरोको छ। भारतको भूवनेश्वरमा आइतबार भएको खेलमा नेपाल भारतसँग ८–०को लज्जास्पद हार बेहोर्न...
यू–२० साफ च्याम्पियनसिप : भारतसँग नेपालको लज्जास्पद हार

काठमाडाैं, साउन १५ : यू–२० साफ च्याम्पियनसिपमा नेपालले लज्जास्पद हार बेहोरोको छ। भारतको भूवनेश्वरमा आइतबार भएको खेलमा नेपाल भारतसँग ८–०को लज्जास्पद हार बेहोर्न बाध्य भएको हो।

नेपालले पहिलो हाफमा १ गोल खाएको थियो भने दोस्रो हाफमा ७ गोल खाएको थियो।

भारतका लागि टाइसन सिंहले ३२ मिनेटमा पहिलो गोल गरेका थिए। हिमांशुले ५०, ५२ र ७१ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। उनले ७१ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए।

यस्तै टाइसनले ६६ औं, टंकधरले ७८औं, गुरकिरत सिंहले ९०औं मिनेटमा गोल गर्दै भारतलाई ७–०को अग्रता दिलाएका थिए। त्यसपछि शुभो पलले इन्जुरी समयमा गोल गरेपछि भारतले ८–०को फराकिलो जित निकाल्यो।

जितसँगै भारतले ६ अंक जोडेको छ भने नेपालको पनि ६ अंक नै छ। लगातार तीन जित निकालेको बंगलादेशको ९ अंकसहित शीर्ष स्थानमा छ।

समूह चरणको अन्तिम खेलमा अब अब नेपालले बंगलादेश र भारतले माल्दिभ्ससँग खेल्नेछ। अब फाइनलमा पुग्ने अन्तिम खेलमा नेपालले बंगलादेशलाई हराउनै पर्ने हुन्छ।

यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो। भारत भने पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो। उसले दोस्रो खेलमा श्रीलंकालाई पराजित गरेको थियो।

प्रकाशित मिति: २१:३१ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्