महिला साफ च्याम्पियनसिप नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान
काठमाडाैं, साउन १५ : घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा नेपालले पहिलो प्रतिद्वन्द्वीका रुपमा भुटानलाई पाएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले...
काठमाडाैं, साउन १५ : घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा नेपालले पहिलो प्रतिद्वन्द्वीका रुपमा भुटानलाई पाएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आइतबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले उद्घाटन खेलमा भुटान प्रतिद्वन्द्वी पाएको हो।
समूह बीमा रहेका नेपाल र भुटानबीचको खेल २१ गते दशरथ रंगशालामा हुनेछ। यस्तै, नेपालले भदौ २८ गते श्रीलंकासँग खेल्नेछ।
प्रतियोगिता दशरथ रंगशालामा असोज ३ गतेसम्म चल्नेछ। समूहमा एमा भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन्। दुवै समूहका शीर्ष दुई टिम सेमिफाइलनमा पुग्ने छन्।
प्रकाशित मिति: २१:२५ बजे, आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











