बजेट कार्यान्वयनका लागि लागिपर्ने अर्थमन्त्रीको प्रतिवद्धता, गठबन्धनलाई दिए धन्यवाद
काठमाडौं, साउन १५ : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि लागिपर्ने प्रतिवद्धता जनाएका छन् । आइतबार पदभार ग्रहण गरेपछि उनले...
काठमाडौं, साउन १५ : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि लागिपर्ने प्रतिवद्धता जनाएका छन् ।
आइतबार पदभार ग्रहण गरेपछि उनले गत वर्षको बजेटको समीक्षा गरेर चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा गर्ने बताएका हुन् । आफूले ल्याएको बजेट कार्यान्वयन गर्ने अवसर पाएकोमा गठबन्धनका नेताहरूलाई धन्यवाद पनि दिए ।
“चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न अवसर दिनुभएकोमा प्रधानमन्त्री, मेरा अध्यक्ष प्रचण्ड र गठबन्धन दलका नेताहरूलाई धन्यवाद दिन चाहान्छु,” उनले भने, “मेरो गत वर्षका बजेटमा हाम्रो कहाँ कहाँ कमजोरी भयो त्यसलाई समीक्षा गरेर हामी यो वर्षको बजेट कार्यान्वयनमा जुट्नेछौँ ।”
प्रकाशित मिति: १९:२२ बजे, आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











