एकदिवसीय र टि–२० सिरिजका लागि केन्याको प्रस्ताव, क्यान सकारात्मक

काठमाडौं, साउन १५ : अफ्रिकी मुलुक केन्याले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सिरिज खेल्न प्रस्ताव गरेको छ। केन्याले अगस्त अन्तिम साता केन्यामा एकदिवसीय र टि–२० सिरिज खेल्न नेपाललाई प्रस्ताव गरेको हो।
केन्याले प्रस्ताव गरेको समयमा नेपालको अन्तर्राष्ट्रिय सेड्युल नरहेको सो प्रस्ताव क्यान सकारात्मक छ। क्यान अध्यक्ष चुतरबहादुर चन्द र कार्यवहाक सचिव बेलायतमा रहेकाले उनीहरु फर्किएपछि सिरिजका विषयमा निर्णय हुने क्यानका महाप्रबन्धक बृतान्त खनालले बताए।
केन्याले सिरिजका लागि प्रस्ताव गरेको बताउँदै महाप्रबन्धक खनालले क्यानले पनि साकारात्मक जवाफ पठाएको बताए। उनका अनुसार आर्थिक पाटो र केन्यासँग कुन फर्म्याटमा सिरिज खेल्ने विषयमा पनि छलफल गरेर निर्णय गरिनेछ।
कुनै समय राम्रो लयमा रहेको केन्या पछिल्लो समयले एसोसिएट देशको दोस्रो डिभिजनको लिग च्यालेन्ज लिग खेलिरहेको छ। केन्याले पहिलो पटक १९९६ मा एकदिवसीय खेल खेलेको थियो भने २०१४ मा एकदिवसीय मान्यता गुमाएको थियो।











