Kathmandu Press

काठमाडौंको गुहेश्वरीमा सञ्चालनमा आयो फोहरपानी प्रशोधन केन्द

काठमाडौं, साउन १५ : काठमाडौंको गुहेश्वरीमा फोहरपानी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । खानेपानी मन्त्रालयबाट निर्मित उक्त प्रशोधन केन्द्रको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन...
काठमाडौंको गुहेश्वरीमा सञ्चालनमा आयो फोहरपानी प्रशोधन केन्द

काठमाडौं, साउन १५ : काठमाडौंको गुहेश्वरीमा फोहरपानी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । 

खानेपानी मन्त्रालयबाट निर्मित उक्त प्रशोधन केन्द्रको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरे । उपत्यकाको घरबाट निस्कने ढललाई सिधै खोलामा नमिसाई प्रशोधन गरेर मात्र खोलामा पठाउने योजनाअनुसार उक्त प्रशोधन केन्द्र सञ्चालमा आएको हो ।

कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले पशुपति क्षेत्रको उपल्लो क्षेत्रमा ३ करोड भन्दा बढि फोहर पानी संकलन गरेर बागमतीमा पठाउने योजना अनुसार फोहरपानी प्रशोधन केन्द्र निर्माण गरिएको बताए । उनले धार्मिक क्षेत्र पशुपति क्षेत्रमा धार्मिक कार्य गर्दा सफा पानीको प्रयोग गर्ने उदेश्य रहेको जानकारी दिए । बालकुमारी , सल्लाघारी र धोबीखोलामा छिटै फोहरपानी प्रशोधन केन्द्र सञ्चालनमा आउने उनको भनाई छ । 

कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीले बढ्दो शहरीकरणका बेला नदिहरुलाई स्व्च्छ राख्न ठूलो लगानीमा फोहरपानी प्रशोधन केन्द्र स्थापना गरिएको जानकारी दिए । काठमाडौं उपत्यकाभित्रका बागमती लगाएत अन्य सहायक नदिलाई स्वच्छ राख्न बिभिन्न स्थानमा स्थापना भइरहको प्रशोधन केन्द्र छिटै सञ्चालनमा आउने उनको भनाई छ । 
 

प्रकाशित मिति: १८:३८ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्