चार जिल्लाका प्रहरी प्रमुख फेरिए
काठमाडाैं, साउन १५ : नेपाल प्रहरीका चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसनर उदयपुर, सुनसरी, इलाम र नुवाकोटका प्रहरी...
काठमाडौं, साउन १५ : चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्।
प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार एक सूचना जारी गरेर काजसरुवाबारे दिएको जानकारीअनुसार उदयपुर, सुनसरी, इलाम र नुवाकोटका प्रहरी प्रमुख फेरिएका हुन्।
उदयपुरमा एसपी ज्ञानेन्द्रप्रसाद फुयाँल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डितलाई प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।
उदयपुरका एसपी सुवासचन्द्र बोहोरा प्रहरी प्रशासन सिंहदरबार, सुनसरीका सञ्जयसिंह थापा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), इलामका महेन्द्र श्रेष्ठ मधेस प्रहरी कार्यालयको आर्थिक प्रशासन शाखा र नुवाकोटका एसपी रामप्रकाश शाह प्रहरी प्रधान कार्यालय नक्साल पठाइएका छन्।
प्रकाशित मिति: १८:११ बजे, आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











