सभामुख सापकोटाद्वारा नागरिकता सम्बन्धी विधेयक प्रमाणित
काठमाडौं, साउन १५ : सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणित गरेका छन्। सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसद्बाट पारित भएको नेपाल नागरिकता...
काठमाडौं, साउन १५ : सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणित गरेका छन्।
सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसद्बाट पारित भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयलाई आइतबार प्रमाणित गरेका हुन्।
प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट बहुमतले पारित भएको उक्त विधेयक अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गर्नुपर्ने हुन्छ। राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि उक्त संशोधित विधेयक ऐनको रुपमा कार्यान्वयनमा आउने व्यवस्था छ ।
प्रकाशित मिति: १८:०४ बजे, आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











