Kathmandu Press

दिल्लीबाट स्वदेश फर्किन् आरजु राणा देउवा

काठमाडौं, साउन १५ : प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा स्वदेश फर्किएकी छन्।स्वास्थ्य उपचारका सिलसिलामा केही समयदेखि...
दिल्लीबाट स्वदेश फर्किन् आरजु राणा देउवा

काठमाडौं, साउन १५ : प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा स्वदेश फर्किएकी छन्।

स्वास्थ्य उपचारका सिलसिलामा केही समयदेखि भारतको नयाँदिल्लीमा रहँदे आएकी आरजु आज (आइतबार) स्वदेश फर्किएकी हुन्।

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले ट्विटरटमार्फत आरजुलाई नेपाल फर्कने क्रममा यात्रा सफलताको कामना गरेका छन्।

‘प्रथम महिला डा. आरजु राणा देउवा नयाँ दिल्लीमा उपचार गरी काठमाडौं फर्किनुभएकोमा उहाँलाई हार्दिक शुभकामना,’ उनले ट्विटरमा लेखेका छन्।

प्रकाशित मिति: १७:४५ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्