काठमाडौं उपत्यकामा ३०९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन १५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा २ सय ५२, ललितपुरमा ४६...
काठमाडौं, साउन १५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा २ सय ५२, ललितपुरमा ४६ र भक्तपुरमा १५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ४७ पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार ५ सय ५, ललितपुरमा ५ सय ५ र भक्तपुरमा ३७ रहेको मन्त्रालयले जनाएको छ।
आइतबार देशभर ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ६७ पुगेको छ।
प्रकाशित मिति: १६:४० बजे, आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











