Kathmandu Press

१३ औँ साग : आठ खेलमा ६६२ खेलाडी सहभागी हुने

पाेखरा, मंसिर ७ :  आगामी १३ औँ दक्षिण एशियाली खेलकूद(साग)अन्तर्गत पोखरामा सञ्चालन हुने आठ खेलमा ६६२ खेलाडी सहभागी हुने भएका छन्।

म....

१३ औँ साग : आठ खेलमा ६६२ खेलाडी सहभागी हुने

पाेखरा, मंसिर ७ :  आगामी १३ औँ दक्षिण एशियाली खेलकूद(साग)अन्तर्गत पोखरामा सञ्चालन हुने आठ खेलमा ६६२ खेलाडी सहभागी हुने भएका छन्।

मङ्सिर १५ गते देखि २४ सम्म आयोजना हुने सागमा २७ खेल समावेश गरिए पनि नेपालबाहेक अन्य देशबाट खेलाडी दर्ता नहुँदा प्याराग्लाइडिङ प्रतियोगिता नहुने निश्चित भएको छ । जम्मा २६ खेलमध्ये पोखरामा हुने आठ खेलका लागि सार्क राष्ट्रबाट महिला ४०१ र पुरुष २६१ जनाको सहभागिता रहने साग पोखरा प्रचारप्रसार संयोजक केशव पाठकले जानकारी दिए।

प्रतियोगितामा १७२ अफिसियल सहभागी हुँदैछन् । आयोजक नेपालको आठवटै खेलमा सहभागिता रहने छ जसमा ५२ पुरुष र १०२ महिला तथा ३० अफिसियल सहभागी हुँदैछन् ।   मालदिभ्स्ले आर्चरी, भारोत्तोलन र ट्रायथोलनमा सहभागिता जनाएको छैन । पाँच खेलमा महिला ६१ र पुरुष २६ खेलाडी तथा २९ अफिसियलको सहभागिता रहेको छ ।

भारतले आर्चरी र क्रिकेटबाहेकका प्रतियोगितामा सहभागिता जनाउँदैछ ।  भारतबाट ४१ पुरुष र ६१ महिला सहभागी हुँदैछन् ।  बङ्गलादेशबाट छ खेलका लागि पुरुष ४४, महिला ५५ र ३० अफिसियल रहेका छन् । बङ्गलादेशले महिला फुटबल र ट्रायथोलनमा सहभागिता जनाएको छैन । पाकिस्तानले महिला फुटबल, महिला क्रिकेट र ट्रायथोलनबाहेकका प्रतियोगितामा पुरुष ३८, महिला ३५ र अफिसियल २१ सहभागी गराउँदैछ । 

श्रीलङ्काले आठवटै प्रतियोगितामा पुरुष ४६, महिला ८१ र अफिसियल ३३ जनाको सहभागिता जनाउनेछ । भुटानले ह्याण्डबल, महिला फुटबल, बिच भलिबल र ट्रायथोलनमा सहभागिता जनाएको छैन । भुटानबाट चार खेलका लागि पुरुष १४, महिला छ र अफिसियल चार गरी २४ मात्र सहभागी हुँदैछन्।

पोखरामा हुने आठ खेलमध्ये ब्याडमिन्टन १५ गतेबाट ब्याडमिन्टन कभर्डहलमा हुनेछ । महिला क्रिकेट १६ गते पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान तथा आर्चरी १६ गतेबाट शुरु हुनेछ । ट्रायथोलन १६ गतेबाट शुरु हुनेछ । महिला÷पुरुष ह्याण्डबल १८ गते तथा बीच भलिबल, भारोत्तोलन र महिला फुटबल ९ गते बाट शुरु हुनेछ ।

बिच भलिबल बाराहीघाटस्थित बीच भलिबल कोर्टमा हुनेछ । भारोत्तोलन माटेपानीस्थित केसी क्याटरिङको हलमा हुनेछ । फुटबलका लागि गौरी शङ्कर खेल मैदान पोखरा–२५, गोस्तेघाट लामाचौर र नेपाली सेनाको पश्चिम पृतना विजयपुरमा अभ्यासस्थल तोकिएको छ । क्रिकेटको अभ्यासस्थल नगर विकास प्रशिक्षण केन्द्रलाई तय गरिएको छ । रासस

प्रकाशित मिति: १०:२२ बजे, शनिबार, मंसिर ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्