Kathmandu Press

लाइसेन्स लिएर काम नथाल्ने जलविद्युत् आयोजनाको पिपिए रद्द गरिन्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं, साउन १५ : ऊर्जामन्त्री पम्फा भुसालले लाइसेन्स लिएर काम सुरु नगरेका जलविद्युत् आयोजनाको पिपिए रद्द गरिने बताएकी छन्।नेपाल आर्थिक पत्रकार समाज (सेजन)...
लाइसेन्स लिएर काम नथाल्ने जलविद्युत् आयोजनाको पिपिए रद्द गरिन्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं, साउन १५ : ऊर्जामन्त्री पम्फा भुसालले लाइसेन्स लिएर काम सुरु नगरेका जलविद्युत् आयोजनाको पिपिए रद्द गरिने बताएकी छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ऊर्जामन्त्री भुसालले करिब १६ सय मेगावाट बराबरका आयोजनाहरुको विद्युत खरिद सम्झौता (पीपीए) सम्झौता भएर पनि निर्माण हुन नसकेको भन्दै खोला/नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्ने गरि कदम चालिने बताएकी हुन्।

टेक अर पे प्रावधानमा पीपीए गरिएका आयोजनाहरु सुरु नहुदा बित्तिय जोखिम समेत देखिएकाले यस बिषयमा मन्त्रालयले चाडै आवश्यक निर्णय गर्ने उनले बताए। मन्त्री भुसालले नेपाल विद्युत् प्राधिकरणले पीपीए गरेका करिब ३ हजार २ सय मेगावाटका जलविद्युत् आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेको जानकारी दिइन्।

सरकारले प्रस्ताव गरेको नयाँ विद्युत् ऐनले विद्युत् व्यापार तथा प्रसारण खुल्ला पहुँचको व्यवस्था गरेको भन्दै उनले संसदको चालू अधिवेशनमा पास हुने भए उक्त ऐनलाई अघि बढाउने र पास नहुने देखिए सदनको अधिवेशन अन्त्य हुने बितिकै केहि प्रावधानलाई कार्यान्वयनमा ल्याउने बताइन्।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सवै औधोगिक क्षेत्रलाई पर्याप्त विद्युत् उपलव्ध गराइएको र प्राधिकरणको ध्यान आन्तरिक खपत बढाउनेमा नै केन्द्रित रहेको बताइन्। ट्रान्समिसन र सवस्टेसन बनाउनका लागि लगानी बढाउने उहाले जानकारी दिइन्। उनले अहिले विद्युतीय गाडीको प्रयोगलाई बढावा दिनुपर्नेमा जोड दिए।

त्यस्तै ट्रान्समिसनलाईनको अभावका कारण कुनै पनि आयोजनाको विद्युत् खेर जाने अवस्था नरहेको दाबी गरे। 

प्रकाशित मिति: १४:१९ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्