Kathmandu Press

कर्णाली प्रदेशमा घट्यो सवारी दुर्घटना, मृतकको संख्यामा ५० प्रतिशतले कमी 

काठमाडौं, साउन १५ : कर्णाली प्रदेशमा सडक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्यामा कमी आएको छ। नेपाल राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार पछिल्लो...
कर्णाली प्रदेशमा घट्यो सवारी दुर्घटना, मृतकको संख्यामा ५० प्रतिशतले कमी 

काठमाडौं, साउन १५ : कर्णाली प्रदेशमा सडक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्यामा कमी आएको छ। नेपाल राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार पछिल्लो ६ महिनामा दुर्घटनामा परी मृत्यु हुनेको संख्या लगभग ५० प्रतिशतले घटेको हो। 

आर्थिक वर्षको अर्ध वार्षिक तथ्याङ्कअनुसार २०७८ श्रावण देखि २०७८ पुस मसान्तसम्म दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या ११९ थियो भने २०७८ माघदेखि २०७९ असार मसान्तसम्म उक्त संख्या घटेर ६१ मा झरेको हो। 

यो संख्या अघिल्लो ६ महिनाको तुलनामा ५० प्रतिशतले कमी हो। पछिल्लो ६ महिनामा ज्यान गुमाउनेमा सबैभन्दा वढी पुरुष ४९ जना, महिला ७ जना, बालक ५ जना र बालिकाको संख्या शून्य रहेको छ। जसमा अघिल्लो ६ महिनामा ७८ जना पुरुष, ३३ जना महिला, ६ बालक र २ बालिकाले ज्यान गुमाएका थिए। 

यस्तै आर्थिक वर्षको पछिल्लो ६ महिनामा सवारी दुर्घटनाको संख्या, शक्त घाईतेको संख्यामा पनि कमी आएको छ। अघिल्लो ६ महिनामा २ सय ६ सवारी दुर्घटना हुँदा पछिल्लो ६ महिनामा जम्मा १ सय ६४ सवारी दुर्घटना भएको तथ्याङमा उल्लेख छ। अघिल्लो ६ महिनामा २२७ जना सक्त घाईते रहेकोमा उक्त संख्या घटेर अहिले सक्त घाईते हुनेको संख्या १३५ मात्र छ। 

ट्राफिक प्रहरीले सक्रियताका साथ चलाएका सचेतनामुलक कार्यक्रहरु र विभिन्न नियमका कारण सवारी दुर्घटना र मृतकको संख्या घटेको प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए। 

तिवारीले आफू  ट्राफिक प्रहरी प्रहरी प्रमुख भएपश्चात सडक दुर्घटनासम्बन्धी सचेतना कार्यक्रम, सीट क्षमताभन्दा वढी यात्रु राख्न नपाउने, तीब्र गति कन्ट्रोल, मापसे र लापसे (लागुपदार्थ सेवन) गरेर सवारी चलाउनेलाई कडा कारवाहीका साथै सचेतना अभियान सुरु गरेका थिए। 

यस्तै, ट्राफिक प्रहरीलाई थप जिम्मेवारी बनाउने, लाइसेन्स वितरणमा कडाइ, विना लाइसेन्स सवारी चलाउनेलाई नियन्त्रण र अटोलाई पहाडी क्षेत्रमा नियन्त्रण गरिएकोले पनि दुर्घटनामा कमी आएको तिवारीको भनाइ छ।

प्रकाशित मिति: १४:१५ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्