Kathmandu Press

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौं, साउन १५ : नेकपा माओवादी केन्द्रको आज (आइतबार) दिउँसो ३ बजेका लागि बाेलाइएको स्थायी समिति बैठक स्थगित गरिएको छ।संसद बैठक र अर्थमन्त्रीको शपथका कारण...
माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौं, साउन १५ : नेकपा माओवादी केन्द्रको आज (आइतबार) दिउँसो ३ बजेका लागि बाेलाइएको स्थायी समिति बैठक स्थगित गरिएको छ।

संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएकाे छ।

अर्को बैठक कहिले बस्ने भन्ने मिति पनि तय नगरीकनै बैठक स्थगित गरिएकाे हाे। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि बैठक राखिने केन्द्रीय कार्यालयकाे भनाइ छ।

यसअघि दुईपटक बसिसकेको स्थायी समिति बैठकबाट पोलिटब्युरो र स्थायी समितिलाई पूर्णता दिने, केन्द्रीय विभाग गठन गर्नेलगायत एजेन्डामा छलफल भए पनि आजकाे बैठकमा टुंगाेमा पुग्ने बताइएकाे थियाे।

प्रकाशित मिति: १३:५६ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्