Kathmandu Press

गौतमश्री सहकारीले बचत फिर्ता नगरेको भन्दै उजुरी दिन सहकारी विभागमा पीडित

काठमाडौं, साउन १५ : काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालकहरुले बचतकर्ताहरुको रकम फिर्ता नगरी फरार भएको भन्दै पीडितहरुले सहकारी विभागमा उजुरी दिएका...
गौतमश्री सहकारीले बचत फिर्ता नगरेको भन्दै उजुरी दिन सहकारी विभागमा पीडित

काठमाडौं, साउन १५ : काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालकहरुले बचतकर्ताहरुको रकम फिर्ता नगरी फरार भएको भन्दै पीडितहरुले सहकारी विभागमा उजुरी दिएका छन्।

आइतबार विभागमा भेला भएर उनीहरुले सामूहिक रुपमा उजुरी दिएका हुन्। सञ्चालकहरुले सात दिनका लागि कार्यालय बन्द गर्ने भनिएतापनि सवै फरार रहेको र बचतकर्ताहरुको रकम फिर्ता नगरेको पीडितहको भनाइ छ।

बचतकर्ताहरुको करिव साढे ५ अर्व रुपैयाँ हिनामिना भएकै कारण उजुरी दर्ता गरिएको पीडित विजय कुमार रञ्जीतले बताए। आफूहरुले प्रमाणसमेत राखेर उजुरी गरेको भन्दै विभागले न्याय गर्ने उनको भनाइ छ।

सञ्चालकहरु फरार भएपपछि अहिले सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेर सिल गरेको पीडितहरुले बताएका छन्। सहभागी विभागले विभागको चलअचल सम्पत्ति  रोका गर्न अनुरोध गरेर प्रहरी अपराध अनुसन्धान कार्यालयलाई पत्राचार भइसकेको जनाएको छ। 

प्रकाशित मिति: १३:३९ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्