Kathmandu Press

संक्रमणकालीन न्यायसम्बन्धी कानुन पीडितलाई न्याय हुनेगरी बनाउनुपर्ने भन्दै प्रदर्शन

काठमाडाैं, साउन १५ : संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमा त्रुटिपूर्ण प्रावधान रहेको भन्दै द्वन्द्वपीडित समुदायले काठमाडौंमा प्रदर्शन गरेका छन्।उक्त विधेयकमा पीडकलाई...
संक्रमणकालीन न्यायसम्बन्धी कानुन पीडितलाई न्याय हुनेगरी बनाउनुपर्ने भन्दै प्रदर्शन

काठमाडाैं, साउन १५ : संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमा त्रुटिपूर्ण प्रावधान रहेको भन्दै द्वन्द्वपीडित समुदायले काठमाडौंमा प्रदर्शन गरेका छन्।

उक्त विधेयकमा पीडकलाई उन्मुक्ति दिने प्रावधान रहेको भन्दै पीडितलाई न्याय हुने गरी कानुन बनाउनुपर्ने उनीहरुको माग छ।

काठमाडौंको माइतीघरमा नेपाल माओवादी पीडित संघ, द्वन्द्वपीडित समुदाय र नागरिक समाजले गरेको प्रदर्शनका सहभागीहरूले 'ऐन संशोधन प्रक्रियामा पीडितहरुसँग सार्थक परामर्श गर', 'दण्डहीनतालाई प्रश्रय दिने विधेयक स्वीकार्य छैन', 'विधेयकका त्रुटिपूर्ण प्रावधानहरु खारेज गर' लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए।

नयाँ कानुनले आफूहरु थप पीडामा पर्ने भएकाले विरोध गर्नुपरेको उनीहरुको भनाइ छ।

प्रकाशित मिति: १३:२० बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्