Kathmandu Press

कर्णाली करिडोर एक सातादेखि बन्द

मान्म, साउन १५ : कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ। दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि...
कर्णाली करिडोर एक सातादेखि बन्द

मान्म, साउन १५ : कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ। दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो। 

सडकमा गाडी थन्किएका छन्। लामो समयदेखि आफुहरु बीच बाटोमै अलपत्र परेको ट्रक चालक महावीर खड्काले बताए।

'म बाजुराका लागि सामान लिएर जादैँ थिए। लाफा सडकखण्ड आइतबारदेखि बन्द छ,' उनले भने। हिले सडकमा ढुंगामाटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मेहम्मे भएको चालक खड्का बताउँछन्।  

'हप्ता दिनसम्म सडक बन्द हुँदा कसैले खुलाउन पहल गरेका छैनन्,' पचालझरना गाउँपालिका–७ का कृष्णबहादुर बमले भने। सडक खुलाउन पहल थालेपनि डोजर नहुँदा समस्या भएको  पचालझरना गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले बताए।

'सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरिरहेका छाैं, डोजर आउनासाथ सडक खुलाउने काम हुन्छ,' उनले भने। 

प्रकाशित मिति: १३:०३ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्