Kathmandu Press

जुम्लामा जिप दुर्घटना, एक जनाको मृत्यु

जुम्ला, साउन १५ : जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सुर्खेतबाट मुगुका लागि छुटेको लु१ज...
जुम्लामा जिप दुर्घटना, एक जनाको मृत्यु

जुम्ला, साउन १५ : जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सुर्खेतबाट मुगुका लागि छुटेको लु१ज ३७३४ नंको जिप आइतबार बिहान बुलबुलेमा दुर्घटना भएको थियो।

दुर्घटनामा मुगु राराछाँयानाथ नगरपालिका–२ का २५ वर्षीय दीपक तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए।

ब्रेक फेल भएर जिप दुर्घटना भएको हुनसक्ने बताइएको छ। जिप चालक दलबहादुर बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ । जिपमा अन्य पाँच जना यात्रु सवार थिए । अन्य सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११:१७ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्