माओवादी स्थायी समिति बैठक बस्दै, अर्थमन्त्रीबारे निर्णय हुने
काठमाडौं, साउन १५ : नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्न लागेको छ।आज दिउसो माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक...
काठमाडौं, साउन १५ : नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्न लागेको छ।
आज दिउसो माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बस्ने नेता हरिबोल गजुरेलले बताए। बैठकमा स्थायी समितिलाई पूर्णता, पोलिटब्युरो चयन तथा पदाधिकारी चयनलगायत विषयमा छलफल हुने भएको छ।
माओवादीमा ४१ सदस्यीय स्थायी समिति हुने तय गरिएको छ। तर, अहिले २५ जना मात्रै रहेका छन्।
यससँगै माओवादी स्थायी समिति बैठकले अर्थमन्त्रीका विषयमा पनि निर्णय गर्ने जनाइएको छ। चालु आर्थिक वर्षको बजेट निर्माणका अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लगोपछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
संसदीय छानबिन समितिबाट शर्माले सफाइ भएका छन्। उनलाई नै अर्थमन्त्री बनाउनका लागि स्थायी समितिले निर्णय गर्ने जनाइएको छ।
प्रकाशित मिति: ०९:१२ बजे, आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











