Kathmandu Press

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प, क्षतिकाे विवरण आउन बाँकी

काठमाडौं, साउन १५ : काठमाडौंमा आज बिहान भूकम्पनको धक्का महासुस भएको छ।भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८ः१३ बजे भूकम्प गएको हो। विस्तृत...
खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प, क्षतिकाे विवरण आउन बाँकी

काठमाडौं, साउन १५ : खोटाङको हलेसी आसपास केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ः१३ बजे भूकम्प गएको हो। केन्द्रले खोटाङको हलेसी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। त्यसको धक्का आसपासका जिल्लामा महसुस गरिएको छ।

काठमाडौंमा पनि भूकम्पको धक्का महसुस गरिएको छ। तराईका जिम्मासम्म धक्का महसुस गरिएको जनाइएको छ।

क्षतिको विवरण भने आएको छैन। अहिलेसम्म क्षति भएको सूचना नआएको जिल्ला प्रहरी कार्यालय, खोटाङले जनाएको छ।

प्रकाशित मिति: ०८:१९ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्