साफ च्याम्पियनसिपमा भारतसँग भिड्दै नेपाल
काठमाडौं, साउन १५ : साफ यू-२० च्याम्पियनसिप फूटबल प्रतियोगितामा आज नेपाल र भारतको खेल हुँदै छ।भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपालले घरेलु टोलीको सामना...
काठमाडौं, साउन १५ : साफ यू-२० च्याम्पियनसिप फूटबल प्रतियोगितामा आज नेपाल र भारतको खेल हुँदै छ।
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपालले घरेलु टोलीको सामना गर्नेछ। नेपाल र भारतको आज साँझ ७ बजे हुनेछ।
नेपाल तेस्रो जितका लागि मैदानमा उत्रिनेछ। यसअघिका दुई खेलमा नेपालले जित हासिल गर्दै ६ अंक जोडेको छ।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले र दोस्रो खेलमा श्रीलंकालाई ३-० गोल अन्तरले हराएको थियो। भारतलाई हराएमा नेपालले फाइनल प्रवेश गर्नेछ।
अहिले तीन खेल जितेको बंगलादेश ९ अंकसहित शीर्षस्थानमा छ। भारतले दुई खेलमा तीन अंक जोडेको छ।
पाँच देश सहभागी प्रतियोगितामा मालदिभ्स र श्रीलंकाले अंक जोड्न सकेको छैन।
प्रकाशित मिति: ०७:३३ बजे, आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











