कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था सुधारउन्मुख
काठमाडौं, साउन १५ : नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारउन्मुख रहेको छ।ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालमा...
काठमाडौं, साउन १५ : नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारउन्मुख रहेको छ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. जयेन्द्र बज्राचार्यले जानकारी दिए।
'उहाँको स्वास्थ्य अवस्था सामान्य छ,' डा. बज्राचार्यले भने, 'अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ।'
अस्पतालका डा. पंकज वर्मनको नेतृत्वको चिकित्सकको टोली गिरीको उपचार गरिरहेको छ। नेता गिरीलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो। (रासस)
प्रकाशित मिति: ०७:१५ बजे, आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











