Kathmandu Press

संसदीय विशेष समितिको प्रतिवेदन मान्य हुन सक्दैन : ओली

काठमाडौं, साउन १४ : एमाले अध्यक्ष केपी ओलीले तत्कालीन अथर्मन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्न नसकिने बताएका छन्।राष्ट्रिय युवा...
संसदीय विशेष समितिको प्रतिवेदन मान्य हुन सक्दैन : ओली

काठमाडौं, साउन १४ : एमाले अध्यक्ष केपी ओलीले तत्कालीन अथर्मन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्न नसकिने बताएका छन्।

राष्ट्रिय युवा संघले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुने गरी संसदीय समिति बनाइएको र सोही आधारमा प्रतिवेदन ल्याइएकाले त्यो मान्य नहुने बताएका हुन्।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित ११ सदस्यीय संसदीय टोलीमा एमालेका चार सदस्य थिए भने पाँचदलीय गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद थिए।

‘११ जनाको समिति बनाउने, ७ जना आफ्ना राख्ने, हुन्छ हुन्न भनेर रिपोर्ट ल्याउने?’ ओलीले भने, ‘यो तथ्यमा आधारित रिपोर्ट होइन, त्यसलाई मान्न सक्ने कुरै हुन्न।’

बजेट निर्माण गर्दा देशमारा र अनैतिक आपराधिक काम भएको ठोकुवा गर्दै ओलीले निष्पक्ष छानबिन गर्न सरकारले नचाहेको बताए। अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउनुपर्ने र देशलाई जोगाउनुपर्ने धारणा राखे।

छानबिन समितिलाई सिसिटीभी फुटेज र कल डिटेल हेर्न नदिएको ओलीले आरोप लगाए। छानबिन समितिले शुक्रबार सदनमा पेस गरेकाे प्रतिवेदनमा बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएकाे नदेखिएकाे निषकर्ष निकालिएकाे थियाे।

उनले निर्वाचन सार्ने षडयन्त्र भइरहेको भन्दै समयमा नै निर्वाचन गर्नका लागि दबाब  सिर्जना गर्नुपर्ने अवस्था आउन सक्ने बताए। त्यस्तै ओलीले कांग्रेस कुनै रचनात्मक काम गर्न नसक्ने पार्टी भएको समेत आरोप लगाउदै एमालेको लोकप्रिय नारालाई कांग्रेसले आफु अनुकुल बनाएको धारणा राखे।

अध्यक्ष ओलीले निर्वाचनको तयारीमा जुट्न र एमाले सरकारले गरेका राम्रा कामहरुका बारेमा जनतालाई जानकारी गराउन कार्यकर्तालाई निर्देशन दिए। 

प्रकाशित मिति: १८:१८ बजे, शनिबार, साउन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्