‘स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक छ’
काठमाडाै, साउन १४ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा सुधारको खाँचो रहेको बताएका छन्।एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपालको उपत्यका भेलालाई आज...
काठमाडाै, साउन १४ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा सुधारको खाँचो रहेको बताएका छन्।
एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपालको उपत्यका भेलालाई आज सम्बोधन गर्दै उहाँले स्वास्थ्यकर्मीका समस्या सम्बोधन तथा स्वास्थ्य क्षेत्र सुधारमा आफू लाग्ने बताए।
स्वास्थ्यकर्मीका समस्या समाधान र स्वास्थ्य क्षेत्रमा सुधारको अनुभुति दिलाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, 'सेवाग्राहीले अनुभूति गर्नेगरी सुधारका कदम चालिन्छ।'
राज्यमन्त्री केसीले अहिले पनि गाउँगाउँमा सहज र सर्वसुलभ स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै त्यसका लागि योजना बनाउन आफू लागिरहेको बताए।
प्रकाशित मिति: १८:०५ बजे, शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











