Kathmandu Press

गजेन्द्र बुढाथोकीलाई ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार

काठमाडाैं, साउन १४ : नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको...
गजेन्द्र बुढाथोकीलाई ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार

काठमाडाैं, साउन १४ : नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको छ।

इन्जाको पाँचौँ स्थापनाका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नगद रु एक लाख राशि र सम्मानपत्रद्वारा पत्रकार बुढाथोकीलाई सम्मान गरेका हुन्।

त्यसैगरी ‘इन्जा ग्रामीण पत्रकारिता’ पुरस्कार पत्रकारद्वय दीपा कर्ण र सरोज ढुङ्गानालाई प्रदान गरिएको छ भने  ‘इन्जा बौद्धिक पत्रकारिता’ पुरस्कार उपप्राध्यापक देवराज अर्याल र वरिष्ठ पत्रकार कपिल काफ्ले प्रदान गरिएको छ।

पुरस्कारको राशी जनही रु ५० हजार रहेको छ। कार्यक्रममा मन्त्री कार्कीले नेपाली पत्रकारिता आवाजविहीनहरुको आवाजलाई बाहिर ल्याउने सशक्त माध्यम बन्नुपर्नेमा जोड दिए।

त्यस्तै नेपाल पत्रकार महासङ्घका सभापति विपुल पोखरेलले अप्ठेरामा परेका पत्रकारहरुलाई सहयोग गर्न नेपाल पत्रकार महासङ्घ इन्जासँग सहकार्य गरेर अगाडि बढ्ने बताए। 

प्रकाशित मिति: १६:४५ बजे, शनिबार, साउन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्