काठमाडौं उपत्यकामा २११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन १४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १ सय ५५, ललितपुरमा...
काठमाडौं, साउन १४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा १ सय ५५, ललितपुरमा ४४ र भक्तपुरमा १२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार ४ सय ५९, ललितपुरमा ४ सय ८६ र भक्तपुरमा ४६ रहेको मन्त्रालयले जनाएको छ।
शनिबार देशभर ४सय ३४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ६९ पुगेको छ।
प्रकाशित मिति: १६:२६ बजे, शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











