Kathmandu Press

गायक समिपले ल्याए मौलिक तीज गीत ‘सम्झेर बस्नी हो’ (भिडियो) 

काठमाडौं, साउन १३ : चर्चित गायक तथा सर्जक कृष्ण समिप सुवेदीले तीज गीत सार्बजनिक गरेका छन् ।पछिल्ला तीज गीतमा मौलिकता हराउँदै गएको समयमा...
गायक समिपले ल्याए मौलिक तीज गीत ‘सम्झेर बस्नी हो’ (भिडियो) 

काठमाडौं, साउन १३ : चर्चित गायक तथा सर्जक कृष्ण समिप सुवेदीले तीज गीत सार्बजनिक गरेका छन् ।

पछिल्ला तीज गीतमा मौलिकता हराउँदै गएको समयमा सुवेदीले तीजको मौलिक भाकामा मौलिक शब्दसहित  ‘सम्झेर बस्नी हो’ बोलको गीत सार्बजनिक गरेका हुन् । सुवेदीको शब्द, संगीत रहेको गीतको स्वरमा अमृता लुगेली मगरले साथ दिएकी छिन् ।

तीजमा घर खाएकी चेलीले प्रवासमा रहेको दाई  र माईतीमा रहेकी जन्मदिने आमालाई भेट्न नपाएको पीडालाई गीतले उजागर गरेको छ । तीजमा गीतमा विकृती वढिरहेका बेलामा आफ्नो मौलिक गीतले चर्चा कमाउनेमा विश्वस्त देखिन्छन् ।

सुवेदीका यसअघिका चल्न माया चल, डाले घाँस निगाली, सिरसिर बतास’, ‘कोरिया जाने चक्करमा’, ‘सालको पात दोब्राएर पानी खाउँला’, ‘जोर बत्ती’, ‘सिमली छायाँ’ र  ‘मनको तीर्खा मेट्न’ लगायतका गीत चर्चाको शिखरमा छन्  ।

प्रकाशित मिति: १९:०२ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्