Kathmandu Press

नेपालगञ्जमा नयाँ एनसेल सेन्टर

काठमाडौं, मंसिर ६ : एनसेल प्राईभेट लिमिटेडले बाँकेको नेपालगञ्ज–२ पुष्पलालचोकमा सुविधासम्पन्न नयाँ एनसेल सेन्टर संचालन गरेको छ।

एनसेलका....

नेपालगञ्जमा नयाँ एनसेल सेन्टर

काठमाडौं, मंसिर ६ : एनसेल प्राईभेट लिमिटेडले बाँकेको नेपालगञ्ज–२ पुष्पलालचोकमा सुविधासम्पन्न नयाँ एनसेल सेन्टर संचालन गरेको छ।

एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले बिहीबार एक कार्यक्रमबीच सेन्टरको उद्घाटन गरेका छन्। नयाँ सेन्टरबाट ‘आज, भोलि, सधैं सँगै’ भन्ने नारासहित ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण सेवा प्रदान गरिने एनसेलले जनाएको छ।

नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले मंसिर ७ गतेसम्म नेपालगञ्ज सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकलाई एक जीबी डेटा भोलुम निःशुल्क पाउने जनाएको छ। यससँगै उपहारको पनि व्यवस्था गरिएको एनसेलले जनाएको छ।

एनसेल सेन्टरबाट एनसेलका सेवा तथा सुविधाबारे सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरू लिन सकिने जनाएको छ।

त्यस्तै, सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विजप्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सुरु गर्न, बिल तिर्न, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न पनि पाइने जनाएको छ।

प्रकाशित मिति: १२:२५ बजे, शुक्रबार, मंसिर ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्