Kathmandu Press

गण्डकीका कानूनमन्त्री थापा र नायक प्रदीप खड्काबीच भेटघाट

काठमाडौं, साउन १२ : गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र नायक प्रदीप खड्काबीच भेटघाट भएको...
गण्डकीका कानूनमन्त्री थापा र नायक प्रदीप खड्काबीच भेटघाट

काठमाडौं, साउन १२ : गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र नायक प्रदीप खड्काबीच भेटघाट भएको छ । विहिबार मन्त्रालयमा उनीहरुको भेट भएको हो । 

भेटका क्रममा नायक तथा कलाकार प्रदीप खड्काले असोज ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेम गीत ३’ का विषयमा जानकारी गराएका थिए । उनले चलचित्र गण्डकी प्रदेशकै मनाङ जिल्लामा छायांकन गरिएको र उक्त चलचित्र लाई सफल पार्न प्रदेश सरकारबाट समेत सहयोग हुनुपर्ने बताए । प्रदीपले मन्त्री थापालाई चलचित्रको ट्रेलर समेत देखाएका थिए । 

Hardik ivf

ट्रेलर हेर्दै मन्त्री थापाले चलचित्र मार्फत प्रदेशको सामाजिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छन् ।  ‘प्रदेशको मनाङ जिल्लामा छायाँकन गरिएको चलचित्र प्रेम गीत ३ का विषयमा जानकारी पाउँदा अत्यन्त खुशी छु । 

विभिन्न भाषामा डबिङ गरी विश्वभर नै एकैसाथ प्रदर्शन हुने चलचित्र मार्फत यहाँको सामाजिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्नेमा आशावादी छु ’, उनले भने। मन्त्री थापाले प्रदेश सरकारले पनि चलचित्र विकास बोर्डको गठनको तयारी गरिरहेको जानकारी गराए । 

उनले चलचित्र क्षेत्रको सम्बद्र्धन, पवद्र्धन र उत्थानका लागि गण्डकी सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

प्रकाशित मिति: २०:३४ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्