कोस्टा तीन महिना मैदान बाहिर
एजेन्सी, मंसिर ६ : नाकको शल्यक्रियाका कारण एथ्लेटिको मड्रिडका स्टार खेलाडी डिएगो कोस्टा तीन महिना मैदान बाहिर रहने भएका छन्।
उनलाई....

एजेन्सी, मंसिर ६ : नाकको शल्यक्रियाका कारण एथ्लेटिको मड्रिडका स्टार खेलाडी डिएगो कोस्टा तीन महिना मैदान बाहिर रहने भएका छन्।
उनलाई निको हुन करिब तीन महिना लाग्ने बताइएको छ। शल्यक्रियाका कारण उनले च्याम्पियन्स लिगको युभेन्ट्सविरुद्वको खेल गुमाउनेछन् भने लिगको बार्सिलोनाविरुद्वको खेलमा पनि उनी हुने छैनन्। यस्तै, उनले स्पेनिस सुपरकपको सेमिफाइनलमा बार्सिलोनाविरुद्वको खेल समेत गुमाउनेछन्।
समयमै ठीक भएको अवस्थामा फेब्रुअरीमा हुने रियल मड्रिडविरुद्वको खेलमा भने उनी फर्कन सक्नेछन्। स्पेनका अन्तर्राष्ट्रिय खेलाडी कोस्टा सन् २०१७ मा चेल्सीबाट एथ्लेटिको फर्किएका थिए। उनले साढे दुई सिजन क्लबमा बिताउँदा ४१ खेलमा मात्र ७ गोल गरेका छन्।