तीजमा नाई बाबा नाई भन्दै आए शिव र देविका
काठमाडौं, साउन १२ : यो वर्षको हरितालिका तिज पर्व नजिकिँदै गर्दा विभिन्न तिज भाकाहरु बजारमा आएका छन्। यसै क्रममा अग्रज गीतकार शिब हमाल र...काठमाडौं, साउन १२ : यो वर्षको हरितालिका तिज पर्व नजिकिँदै गर्दा विभिन्न तिज भाकाहरु बजारमा आएका छन्। यसै क्रममा अग्रज गीतकार शिब हमाल र लोक गायिका देविका केसीको नयाँ तिज भाका नाई बाबा नाई यतीेबेला बजारमा आएको छ।
यो गीतलाई गायिका देविकाले आफ्नै अफिसियल च्यानल ‘देविका केसी’बाट रिलिज गरेकी छिन्। गीतलाई शिब हमालले लेखेका हुन्। गीतमा संगीत पनि हमालकै रहेको छ। जसमा सुनिल परियारले संगीत संयोजन गरेका छन्।
आफ्नै साथीको दाइ मन परेपछि एक युवतीले ती साथीको दाइलाई राखेको प्रेम प्रस्तावमा यो गीत आधारित रहेको गीतकार हमालले बताए। ‘नयाँ पुस्तामा पनि तीज पर्वको महत्व जगाउन र उनीहरुलाई आकर्षित गर्न टिन एजरलाई लक्षित गरेर हामीले यो गीत तयार गरेको हो। गीतले राम्रो प्रतिक्रिया पाएको छ,’ गीतकार हमालले भने।
गायिका देविका यतिबेला क्यानडामा छिन्। यो गीत निकै राम्रो बनेको कारण यसपटक आफ्नै च्यानलबाट नाई बाबा नाईको भिडियोलाई रिलिज गरेको देविकाले बताइन्। डेढ दशकदेखि तीज गीत निकाल्दै आएकी उनले बिगत झै यसपटक पनि तीजलाई लक्षित गरेर यो गीत ल्याएको बताईन्। गीतकार शिब हमालसँग अघिल्लो गीत धनगढी... हिट भएपछि यसपटक फेरी यो मिठो गीत ल्याउने अवसर जुरेको पनि गायिका देविकाले बताईन्।
यो तीज गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ। यो भिडियोमा गायिका प्रीति आलेको मुख्य अभिनय रहेको छ। उनको नृत्यलाई अहिले दर्शकले निकै मन पराएका छन्। प्रीतिलाई अभिनयमा राजकुमार अधिकारीले साथ दिएका छन्। भिडियोलाई स्मृती तिमिल्सिना ९गुरुआमा०ले निर्देशन तथा कोरियोग्राफी गरेकी हुन्।
प्रकाश धमलाले सम्पादन गरेको यो भिडियोलाई राजेश घिमिरेले खिचेको हुन्। भिडियो गायिका देविका केसी स्वयम् पनि साथीहरुसँग गायिकाको रुपमा प्रस्तुत भएकी छन्।
सिन्धुपाल्चोकको काठ क्षेत्रमा जन्मिए र पूर्वदेखि पश्चिमसम्मका सबै लोक भाका बजारमा ल्याएकी देविका सबै प्रकारका गीत गाउन सक्ने गायिकाको रुपमा लोकप्रिय छिन्। गायन यात्राको यो दुई दशकमा गोल्डेनको सारी..., धनगढीमा किन्याको नयाँ गलबन्दी..., बाजी ठोकम आउ... सहित सैयौं हिट गीत उनले नेपाली संगीत क्षेत्रलाई दिएकी छन्।












