Kathmandu Press

१ लाख राशिको गजल प्रतियोगिता हुँदै

काठमाडौं, साउन १२ : अन्तर्राष्ट्रिय युवा दिवस (१२ अगस्ट)को अवसरमा राष्ट्रिय युवा परिषद्को आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र अनाममण्डलीको सहकार्यमा १ लाख...
१ लाख राशिको गजल प्रतियोगिता हुँदै

काठमाडौं, साउन १२ : अन्तर्राष्ट्रिय युवा दिवस (१२ अगस्ट)को अवसरमा राष्ट्रिय युवा परिषद्को आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र अनाममण्डलीको सहकार्यमा १ लाख रुपैयाँ राशिको नेपाली गजल प्रतियोगिता आयोजना गरिएको छ ।

परिषदले जानकारी दिएअनुसार विश्वभर रहेका नेपाली गजल लेखिरहेका स्रष्टाहरू प्रतियोगितामा सहभागी हुन सक्नेछन् । परिषदकी सङ्घसंस्था समन्वय प्रमुख चन्द्रा थापाका अनुसार हरेक वर्ष परिषदले अन्तर्राष्ट्रिय युवा दिवस सप्ताहव्यापी रूपमा मनाउँदै आएको छ । यस वर्ष पनि युवा लक्षित विभिन्न सिर्जनात्मक कार्यक्रमको आयोजना गरेर उक्त दिवस मनाउन लागिएको थापाले बताइन् ।

Hardik ivf

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष एवं प्रतियोगिता संयोजक घनेन्द्र ओझाले राज्य तहबाट नेपाली गजलका लागि गरिएको प्रयास सराहनीय भएको भन्दै अन्य प्राज्ञिक, साहित्यिक निकायहरूले पनि गजल समबद्ध सम्मेलन, महोत्सव, गोष्ठी र कार्यशाला गर्नुपर्ने बताए ।

प्रतियोगिताका लागि २० साउनभित्र गजलहरू परिषदले दिएको ईमेल एनवाईसी२०२२@जीमेलडटकम वा परिषदको कार्यालय सानोठिमी, भक्तपुरमा उपलब्ध गराइसक्नुपर्ने जनाइएको छ ।

२५ साउनमा नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा छनोटमा परेका गजल वाचन गराइने र २७ साउनमा आयोजना गरिने अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा विजयीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारले जानकारी दिए ।

विजयी प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ४० हजार,  ३० हजार, २० हजार र १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने परिषदले जानकारी दिएको छ।
 

प्रकाशित मिति: ११:४९ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्