जन्मदिनको अवसरमा गायक रिजालले दर्शकलाई दिए ‘बम्बैको साडी’ (भिडियो)
काठमाडौं, साउन ११ : चर्चित लोक दोहोरी गायक घनश्याम रिजालले आफ्नो जन्मदिनमा दर्शकहरुका लागि तीज गीत उपहार दिएका छन् । नेपाली नारीहरुको महान पर्व...
काठमाडौं, साउन ११ : चर्चित लोक दोहोरी गायक घनश्याम रिजालले आफ्नो जन्मदिनमा दर्शकहरुका लागि तीज गीत उपहार दिएका छन् ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित नेपाली लोक संगीतका सर्जक तथा गायक रिजालको आफ्नै जन्मदिनको अबसर पारेर तीज गीत ‘बम्बैको साडी’ सार्बजनिक गरेका हुन् ।
गीतमा रिजालसँगै देवी घर्तीको स्वर रहेको छ । गीतको शब्द रिजाल स्वयंमले लेखेका हुन् भने लय शिब हमालको रहेको छ। गीतको भिडियोमा रामजी खांण र टिकटकमा भाइरल बनेकी अस्मिता रनपालको दमदार अभिनय रहेको देख्न सकिन्छ।
होम गुरुङ निर्देशनमा रहेको भिडियोलाइ छांयाङ्कन गणेश सापोकोटा र सम्पादन सुबास अ्म्गाइले गरेका हुन् । भिडियो रामजी खांणको अफिसियल युटुव च्यानलवाट सार्बजनिक गरिएको हो ।
प्रकाशित मिति: १९:०६ बजे, बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












