Kathmandu Press

भुवन केसीद्रवारा चलचित्र विकास बोर्ड नेपालको अध्यक्ष पदबहाली

काठमाडाैं, साउन ११ : चलचित्र विकास बोर्ड नेपालको अध्यक्ष पद मनोनीत भएका भुवन केसी पदबहाली गरेका छन्।बुधबार चावहिलस्थित बोर्डको कार्यालयमा अभिनेता केसीले अध्यक्षका...
भुवन केसीद्रवारा चलचित्र विकास बोर्ड नेपालको अध्यक्ष पदबहाली

काठमाडाैं, साउन ११ : चलचित्र विकास बोर्ड नेपालको अध्यक्ष पद मनोनीत भएका भुवन केसी पदबहाली गरेका छन्।

बुधबार चावहिलस्थित बोर्डको कार्यालयमा अभिनेता केसीले अध्यक्षका रुपमा पदभार ग्रहण गरेका हुन्।

पदभारपछि केसीले सबैसंँ छलफल गरेर आगामी कार्ययोजना बनाउने बताए। बोर्डको सेवालाई नियमकानुनको परिधिभित्र बसेर सहज ढंगले अघि बढाउने उनले बताए।

उनले सरकारले आफुलाई दिएको जिम्मेवारीलाई प्रतिबद्ध भएर अघि बढाउने जिकिर गरे। यसअघिका अध्यक्षले सुरु गरेको कार्ययोजनालाई निरन्तरता दिने र आफ्नो नयाँ कार्ययोजना ल्याउने उनको भनाइ छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई बर्षका लागि बोर्डको अध्यक्षमा केसीलाई मनोनित गरेको थियो ।

प्रकाशित मिति: १३:२७ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्