तमिल इकवलको १४१ रनले कोमिलालाई उपाधि
काठमाडौं, माघ २६ : तमिल इकवलले एकसय ४१ रन बनाएपछि बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि कोमिला भिक्टोरियन्सले जितेको छ ।
टस जितेर ढाका डाइन....

काठमाडौं, माघ २६ : तमिल इकवलले एकसय ४१ रन बनाएपछि बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि कोमिला भिक्टोरियन्सले जितेको छ ।
टस जितेर ढाका डाइनामिट्सले ब्याटिङका लागि निम्त्याएपछि कोमिलाले कुन कसर बाँकी छोडेन् । उसका लागि इभिन लेविस ६ रनमै आउट भएपनि तमिलले रनको वर्षात गरे । उनले ६१ बलमा १० छक्का र ११ चौका हानेर नटआउट रहे ।
उनलाई साथ दिएका अनमुल हक, समसुर रहमान र इम्रुल काइज भने टिक्न कोसिस गरिरहे । कोमिलाले तीन विकेटको क्षतिमा एकसय ९९ रन बनायो ।
ढाकाका लागि रुबेल हुसेन र सकिब अल हसनले एक/एक विकेट लिए । सुनिल नारिने बाहेक सबै खेलाडीलाई तमिलले आपत पारे ।
प्रतिउत्तरमा ढाकाले नौ विकेटको क्षतिमा एकसय ९२ रन मात्रै बनाउन सक्यो । उसका लागि रोनी तालुकदार ६६ र उपुल तरंगा ४८ बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।
कोमिलाका लागि वाहब रियाजले तीन, मोहम्मद सहिफुद्दिन र तिसरा परेराले दुई/दुई विकेट लिए । फाइनल खेलमा तमिल प्लेयर अफ द म्याच भए ।











