Kathmandu Press

ट्याक्सी चढेर मन्त्रालयबाट घर फर्किए गोकर्ण विष्ट 

काठमाडौं, मंसिर ५ : निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर घर फर्किएका छन्।  बुधबार साँझ मन्त्रिमण्डल पुनर....

ट्याक्सी चढेर मन्त्रालयबाट घर फर्किए गोकर्ण विष्ट 
फाइल

काठमाडौं, मंसिर ५ : निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर घर फर्किएका छन्।  बुधबार साँझ मन्त्रिमण्डल पुनर्गठन हुँदा मन्त्रीबाट बर्खास्तीमा परेका विष्ट बिहीबार मन्त्रालयबाट बिदा भएर ट्याक्सीमा चढेर घर फर्किएका हुन्। 

उनका सहयोगी मदन खनालका अनुसार विष्ट मन्त्रालयका कर्मचारीहरुलाई धन्यवाद दिएर सिंहदरबारको गेट बाहिरसम्म पैदल आएर ट्याक्सीमा चढेर फर्किएका हुन्।

यसअघि मन्त्रालयबाट बिदा हुनुअघि मन्त्री विष्टले मन्त्रीका रुपमा काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका थिए।

सामाजिक सञ्जाल फेसबुकमार्फत विष्टले मन्त्रीका रुपमा काम गर्दा वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र बेरोजगार युवाहरुको पक्षमा इमान्दारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको बताएका छन्। 

‘अहिले मन्त्रीबाट बाहिरिएको छु– थप उर्जा र प्रेरणाका साथ। मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु’ उनले भनेका छन्। सुधार अभियानमा साथ दिने सहयोगी र शुभचिन्तक सबैलाई हरुलाई विष्टले धन्यवाद पनि दिएका छन्। 

 

प्रकाशित मिति: १५:३३ बजे, बिहीबार, मंसिर ५, २०७६