१९ देशका एटिसी काठमाडौंमा
काठमाडौं, मंसिर ५ : एयर ट्राफिक कन्ट्रोलरहरुको अन्तर्राष्ट्रिय संगठनको क्षेत्रीय बैठक आजदेखि काठमाडौंमा सुरू भएको छ।
तीन दिनसम्म चल्ने क्षेत....

काठमाडौं, मंसिर ५ : एयर ट्राफिक कन्ट्रोलरहरुको अन्तर्राष्ट्रिय संगठनको क्षेत्रीय बैठक आजदेखि काठमाडौंमा सुरू भएको छ।
तीन दिनसम्म चल्ने क्षेत्रीय बैठकमा १९ देशका एटिसीहरु काठमाडौं आएका छन्। इन्टरनेशनल एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनको एसिया प्यास्याफिक क्षेत्रीय बैठकमा विभिन्न देशका एसोसिएसनले प्रतिवेदन प्रस्तुत तथा आगामी रणनीतिकबारे छलफल हुनेछ।
एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनका अनुसार मानव र प्रविधिबीचको सम्बन्धका प्रचलित अभ्यासहरूका विषयमा ट्राफिक कन्ट्रोलरहरुले आफ्ना चासोहरुमाथि छलफल गर्ने छन्।
सम्मेलनमा उड्डयन क्षेत्रका चुनौति र अवसरहरु, समानता, विधिकरण र नैतिकता, विकसित एयर ट्राफिक व्यवस्थापन, सूचना र सुरक्षा लगायत विभिन्न पाँचवटा एजेन्डामाथि छलफल हुनेछ।











