Kathmandu Press

सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राख्न निर्देशन

काठमाडौं, मंसिर ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबैतिर नेपाल भ्रमण वर्ष २०२० को लोगो राख्न निर्देशन दिएको छ।

मन्त्रालयले ....

सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राख्न निर्देशन

काठमाडौं, मंसिर ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबैतिर नेपाल भ्रमण वर्ष २०२० को लोगो राख्न निर्देशन दिएको छ।

मन्त्रालयले दिएको आठ बुँदे निर्देशनमा सरकारका मन्त्रालय, विभाग, सार्वजनिक संस्थान तथा मातहतका निकायमा भ्रमण वर्षको लोगो राख्नु पर्ने उल्लेख गरेको छ। सबै निकायका सामाजिक संजालमा समेत भ्रमण वर्षको लोगो राख्न निर्देशन दिएको छ।

यस्तै, सार्वजनिक यातायात, संचारमाध्यममा भ्रमण वर्षको लोगो प्रयोग गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ।

यस्तो छ सरकारको निर्देशन:

१) सरकारले नेपाल सरकारका मन्त्रालय एवंम विभाग सार्वजनिक संस्थान लगायतका सबै सार्वजनिक निकायबाट नेपाल भ्रमण वर्ष, २०२० लाई राष्ट्रिय अभियानको रुपमा अपनत्व लिने तथा यस्ता निकायहरुका वेवसाइट लगायत अन्य आधिकारीक सामाजिक सञ्जालहरमा नेपाल भ्रमण वर्षको लागो राख्ने तथा नेपाल भ्रमण वर्ष २०२०को सचिवालयको वेवसाइट लिंक गर्ने, पत्रचारमा अनिवार्य रुपमा नेपाल भ्रमण वर्षको लोगो राख्ने र प्रकाशित हुने बुलेटिन लगायतका प्रकाशनमा नेपाल भ्रमण वर्ष सम्बन्धी लेख रचना र प्रचार सामाग्री समेत समावेश गर्ने गराउने।

२) नेपाल सरकारका मन्त्रालयहरु तथा सबै सार्वजनिक निकायबाट विदेशमा गरिने भ्रमण तथा प्रतिनिधित्व हुँदा अनिवार्य रुपमा नेपाल भ्रमण वर्ष, २०२० को जानकारी दिने, वक्तव्य दिनुपर्दा यसको उल्ल्ेख गरी नेपाल भ्रमणमा अनुरोध गर्ने।

३) नेपालमा हुने अन्तराष्ट्रियस्तरका कार्यक्रममा अनिवार्य रुपमा नेपाल भ्रमण वर्षको प्रबद्र्धनको डेस्क राखी प्रचार समाग्री एवम् उपहार दिने व्यवस्था नेपाल भ्रमण वर्ष २०२०को सचिवालयसँग समन्वय गरी गर्ने गराउने।

४) नेपालमा पर्यटकको आवागमन बढी हुने जस्ता प्रमुख पर्यटकीय गन्तव्य लगायत राष्ट्रिय राजमार्गका सडक तत्काल मर्मत  गर्ने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने।

५) सरकारी एवम् सार्वजनिक निकायका सवारी साधनमा अनिवार्य रुपमा नेपाल भ्रमण वर्ष, २०२० को लागो टाँस्ने व्यवस्था नेपाल भ्रमण वर्ष, २०२०को सचिवालयसँग समन्वय गर्नै।

६) नेपाल भित्र इन्टरनेट सेवा प्रदायक विभिन्न संस्थाहरुले इन्टरनेट सेवा खुल्दा नेपाल भ्रमण वर्षको लोगो सर्वप्रथम आउने व्यवस्था सूचना तथा सञ्चार प्रविधि मन्त्रालय मार्फत मिलाउने।

७) नेपालमा सञ्चालित सञ्चार माध्यमहरु रेडियो, टेलिभिजन, पत्रपत्रिकाबाट नेपाल भ्रमण वर्ष, २०२० को प्रचार सामाग्रीहरु कल्याणकारी कोषबाट उपलब्ध हुने सुविधा अनुरुप प्रकाशन तथा प्रशारण हुने व्यवस्था सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले मिलाउने।

८) सन् २०२० को जनवरी १ मा काठमाडौं तथा सबै प्रदेशका राजधानीमा हुने नेपाल भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सम्बन्धित प्रदेशमा रहेका नेपाल सरकारका कार्यालहरु, प्रदेश सरकार र स्थानीय तह समेतबाट आवश्यक कर्मचारीहरुको अनिवार्य सहभागिता सहित अन्य सहयोग तथा प्रवद्र्धन गर्ने गराउने।

प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, मंसिर ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्