Kathmandu Press

मारुती सिमेन्टको एक्जाभेटरमा बम विस्फोट

सिन्धुली, मंसिर ५ : मारुती सिमेन्ट काराखानाको एक्जाभेटरमा बम विष्फोट गरिएको छ। गएराति प्रेसर कुकर बम विस्फोट गरिएको प्रहरीले जनाएको छ।

बम वि....

मारुती सिमेन्टको एक्जाभेटरमा बम विस्फोट

सिन्धुली, मंसिर ५ : मारुती सिमेन्ट काराखानाको एक्जाभेटरमा बम विष्फोट गरिएको छ। गएराति प्रेसर कुकर बम विस्फोट गरिएको प्रहरीले जनाएको छ।

बम विस्फोटबाट मारुती सिमेन्टको एक्जाभेटर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए । विस्फोटबाट डोजर र टिपरमा सामान्य क्षति पुगेको छ।

मारुती सिमन्टले सिन्धुलीको दुधौली नगरपालिका–१४ ककुरठाकुरबाट कच्चा पदार्थ लैजानका लागि सडक निर्माणका क्रममा उदयपुर र सिन्धुलीको सिमानामा पर्ने ककुर खोलामा राति रोकी राखेको थियो। रोकी राखेकै अवस्थामा एक्जाभेटरमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

यसैबीच बुधबार नै दुधौली नगरपालिका– १३ अरुणठाकुरमा पनि निर्माण व्यवसायी छेत्रबहादुर बम्जनको एक्जाभेटरमा पनि आगजनी भएको थियो।

निर्माण व्यवसायी बम्जनले केही दिनअघि विप्लव माओवादीका कार्यकर्ता भन्दै एक करोड ५० लाख चन्दा मागेको बताएका थिए। तर, आफूले चन्दा नदिएको उनको भनाइ थियो।

दुवै घटनामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १३:४२ बजे, बिहीबार, मंसिर ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्