Kathmandu Press

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि धर्नामा

गोरखा, मंसिर ५ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि बिहीबार धर्नामा बसेका छन्।

बिहीबार बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणको माग गर्द....

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि धर्नामा

गोरखा, मंसिर ५ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि बिहीबार धर्नामा बसेका छन्।

बिहीबार बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणको माग गर्दै स्थानीय वासिन्दा र जनप्रतिनिधि गोरखा जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका छन्। उनीहरूसँगै डा.भट्टराई पनि धर्नामा बसेका हुन्।

त्यस्तै, राष्ट्रियसभाका सदस्य सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सदस्यहरू प्रकाशचन्द्र दवाडी र धनमाया लामा पनि धर्नामा बसेका छन्। उनीहरूले तत्कालन मुआब्जा वितरण गर्न माग गरेका छन्।

डा.भट्टराईले पनि ट्वीट गर्दै तत्काल उचित मुआब्जा वितरणका लागि आग्रह गरेका छन्।

 

प्रकाशित मिति: १२:४१ बजे, बिहीबार, मंसिर ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्